निदोर्ष पोखरेल (सरोज)
पतर–पतर बोलिरहने,
प्रश्न उसैले मात्र सोध्न पाउनु पर्ने, अरुले केबल जवाफ मात्र दिनु पर्ने जस्तो ।
खैर उनको व्यक्तित्व आकर्षक र बोल्ड लाग्थ्यो मलाई
यति भए अरु के नै चाहियोर हुनत्
पहिलो भेटमै म जिल्ल परेको थिएँ ।
मलाई उनले परिचय गर्दा नै चुपचाप बनाएकी थिइन्
मैले म ….. हुँ बाहेक केहि भन्न सकिन
केहि नबोले पनि आँखा र मुख खुल्ला भएका थिए मेरा
पहिलो भेटबाटै म उनि सँग प्रभावित भएको थिए
फेसबुकबाट नै चिनजान भएर यो भेटको निधो गरेका थियौं
विशुद्ध नेपाली कविता र गजलहरू कोर्दै घरमै बसिरहने म साँच्चै नै फरक थिएँ
तर पहिलो भेटबाट नै मेरा स्मृतिमा उनका तस्विरहरू बसिरहे
हामी फेरि भेट्नेछौं
नभन्दै हाम्रा भेटघाटहरू निकै बाक्लिन थाले
पढाइ लेखाइ मै रूमल्लि रहेको म मा, परिपक्वताले अंगालि सकेको थिएन
प्रेम के हो भन्ने थाहा पाए पनि म प्रेम गर्न डराउथेँ
मलाई लाग्थ्यो मेरो परिवारमा प्रेम गर्न निषेध छ
तर जे होस् उनिसँगका साथहरू अति नै प्रिय लाग्न थाले
त्यो प्रेम थियो या थिएन्, यो मनलाई मात्र थाहा थियो, तर मनले मलाई भन्ने आट गरिरहेको थिएन् ।
खस कुरा त परिवारको डरले होला, म डरपोखले थाहै पाउन सकिन
बस् म उनि सँग जिस्किरहन्थे, जिस्किन रमाइलो लाथ्यो, समय बितेको पत्तै हुन्न थियो ।
जिस्किने क्रममा यहाँसम्म पुगेका थियौँ कि हामी,
ऊनी अहिले हैन पछि जन्ति लिएर आउ भन्थिन्
म आजै भगाएर लैजान्छु भनिदिन्थे
यी विशुद्ध मजाक थिए मेरा निम्ति
तर मेरा यी निर्दोष मजाकहरु को जगमा
उता उनको मनमा ठूलो सपनाको महल
सजिरहेको कुरा मैले थाहै पाइन
म त केवल
आफ्नो एक्लोपनबाट बाहिर निस्केको थिएँ
मन भुलाइरहेको थिएँ म ।
फरक सोच र फरक स्वभाव थियो उसको
त्यीनै साथी सँगको रसिला वादविवादबाट
आफुलाई तनावमुक्त गराइरहेको थिएँ
प्रेम थियो या आकर्षण थियो
मन भित्रै लुकाइरहेको थिएँ, यत्ति भन्छु केही चै पक्कै थियो ।
अचानक
एकदिन उनले म सामु बिहे गर्ने प्रस्ताव राखिन्
म अचम्ममा परे
मसँग कुनै जवाफ थिएन
म भविष्यका कुराहरूसँग त्रसित हुनथाले
मैले हाम्रा फरक सोचहरूले जिन्दगी सहज नहुने देखे
मैले उनीलाई स्वतन्त्र र स्वाभलम्बि, नारीले मेरो घरमा बाँधिएर बस्न सक्दैनौ भने
उनले मेरा कुनै पनि तर्कमा विश्वास गरिनन्
मैले आफू अझै अपरिपक्व छु भने
उनले मेरा बहानाहरूमा दम देखिनन्
उनको प्रस्तावमा बिकल्पहरू खुला थिए
मेरो अस्विकार पनि उनले सहर्ष स्विकार्ने बाचा गरिन्
हाम्रो घनिष्ट मित्रता यथावत् रहने प्रतिबद्धता गरिन्
तर पनि मेरो कमजोर मनले, स्विकार गर्न पनि डरायो
अस्विकार गर्न पनि आत्तियो
कतै एउटी असल साथी गुम्ने त हैन‘?
म तर्सिन्थेँ
उनको प्रश्नको पनि जवाफ थिएन मसँग ।
प्रेम मनले गरिन्छ रूप हेरेर गरिन्न
सायद यी पनि मेरै शब्दहरू थिए
कुनै दिन उनै लाई गफ दिएका
मैले नदिएका जवाफबाट नै धेरै कुराको जवाफ
भेटेकी थिइन उनले
..त्यसपछि हाम्रो कुराकानी पातलिन थाल्यो…
रातभरमा पनि नसकिने च्याटहरु
अब सामान्य खाना खायौं मा मात्र सिमित हुन थालेँ
उनका निम्ती छुट्याइएका शनिवारहरु
अब पहिले जस्तै घरमै बसेर टोलाउन थालेँ
यसरी नजानेरै एक अर्काको निम्ती बदलिदा हामी
जिन्दगीमै पनि विपरित धारमा पुगिसके छौँ ।