Thursday, April 16News That Matters

डुम्रेधारापानीको कालिका भगवती वनमा भीषण डढेलो, चार गाउँ जोखिममा

डढेलो लागिरहेको क्षेत्र, तस्विर सामाजिक सञ्जाल

खोटाङ, फागुन २७ । खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रे धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा भिषण डढेलो लागेको छ । शनिबार दिउँसो करीब २ बजेबाट सुरु भएको डढेलो साँझसम्म ठुलो क्षेत्रमा फैलिएको स्थानीयले बताएका छन् ।

साविक ६ नम्बर धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले बताउनुभयो । डढेलोबाट डुम्रेधारापानीका आतमारा, धैरेनिटार, मण्डलीछाप र कोट गाउँ गरी चार गाउँ जोखिममा रहेको उहाँको भनाइ छ । डढेलोले भीषण रुप लिएकाले नजिकै जाने अवस्था नरहेको वडाध्यक्ष पाण्डेले बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइएको अध्यक्ष पाण्डेको भनाइ छ । बस्तीमा डढेलो जान नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।