Saturday, July 27News That Matters

राजेश राईलाई उपाधि जिताउन हलेसी तुवाचुङको ५० हजार नगद सहयोग

खोटाङ, कात्तिक ७ । खोटाङका गायक राजेश राईलाई हलेसी तुवाचुङ नगरपालिकाले नगद सहयोग गरेको छ । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताउन नगरले रु ५० हजार सहयोग गरेको मेयर विमला राईले जानकारी दिनुभयो ।
भ्वाइस स्टार नेपाल्सले निर्माण गरेको उक्त रियालिटी शोको फाइनलमा राईसँगै अन्य पाँच जना प्रतिस्पर्धि रहेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिनुभएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय हुनुहुन्छ । करीब ५० वटा गीत रेर्कड गराउनुभएका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् ।

राई जिताउ अभियानमा कात्तिक ६ गते सोमबार हलेसी मन्दिरको प्रांगणमा भब्य सांगीतिक कार्यक्रम हुँदैछ । कार्यक्रममा राजेश राईसँगै अन्य स्थानीय कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *