Friday, April 17News That Matters

खोटाङमा एमालेले ११ ठाउँमा चुनावीसभा गर्ने (तालिका सहित)

उम्मेद्वारी दर्ताकालागि र्‍यालीसहित एमाले खोटाङका उम्मेद्वारहरु

खोटाङ, कात्तिक १३ । खोटाङमा नेकपा एमालेले कात्तिक १९ गतेबाट चुनावीसभ गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेद्वारहरुको संयुक्त चुनावी सभा जिल्लाका दश वटै स्थानीय तहमा गर्नेगरी १९ गतेबाट सुरु गर्न लागिएको एमालेले जनाएको छ ।

कात्तिक १९ गते ऐँसेलुखर्क बजारबाट सुरु भएको एमालेको चुनावीसभा मंसिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा गएर टुंगिने एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।

कात्तिक २० गते रावाबेसीको हरमटार, २३ गते केपिलासगढीको बाक्सीला, २४ गते दिप्रुङ चुईचुम्माको पञ्चमी बजार, २५ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपास्थित पञ्चदोबाटो, २६ गते साकेलाको मानेभञ्ज्याङ, २७ गते दिक्तेल बजार, २८ गते जन्तेढुंगाको चिसापानी बजार, २९ गते हलेसी बजार, ३० गते खोटेहाङको इन्द्रेणीपोखरीमा चुनावी सभा गरिने सचिव आचार्यले बताउनुभयो ।

एमालेकोतर्फबाट प्रतिनिधिसभामा पोलिटब्युरो सदस्य विशाल भट्टराई, प्रदेशसभा ‘क’ मा पुर्वसांसद पाँचकर्ण राई (पिके) र प्रदेश सभा ‘ख’ मा जिल्ला अध्यक्ष रामप्रसाद दंगाल उम्मेद्वार हुनुहुन्छ ।

तालिका