Saturday, July 27News That Matters

राजेश राई जिताऔँ अभियानमा कात्तिक ७ गते हलेसीमा सांगीतिक कार्यक्रम हुुने

खोटाङ, कात्तिक १ । यहि कात्तिक ७ गते हलेसी मन्दिरको प्रांगणमा सांगीतिक कार्यक्रम हुने भएको छ । कार्यक्रममा स्थानीय कलाकारसँगै ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को फाइनलमा पुग्न सफल खोटाङका राजेश राईको विशेष प्रस्तुति रहनेछ ।

इमेज टेलिभिजनबाट प्रसारण भइरहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ मा खोटाङका राजेश राई फाइनलमा पुगेका छन् । फाइनलमा राईसँगै अन्य ५ जना प्रतिस्पर्धि रहेका छन् । फाइनलमा पुग्न सफल राईलाई उपाधि जिताऔँ अभियान अन्तरगत हलेसीमा कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

प्रत्येक आइतबार र सोमबार हप्ताको दुई दिन बेलुका ७ः४५ बजेबाट इमेज टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शोको उपाधिकालागि धमाधम भोटिङ भइरहेकाले राईले भोटको अपिल गरेका छन् । राईलाई उपाधि जिताउन भोट गर्न चाहानेले नेपालबाट ओएसआर कनेक्ट एपमा गएर भोटिङ गर्न सकिनेछ भने बिदेशबाट खल्ती डटकममा गएर भोटिङ गर्न सकिने राईले बताए ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले साविकको सल्ले गा.वि.स–६ निशंखेमा जन्मिएका राई करीब १३ वर्षदेखि सङ्गीत क्षेत्रमा सक्रिय छन् । करीब ५० वटा गीत रेर्कड गराइसकेका राईको अर्खौले बजारमा दश रुपैयाँ गोटा रोटी, तोडियो तोडियो १ र २, आइतबार र कालो कालो बादलु लगायतका गीतहरु चर्चामा छन् ।

भ्वाइस स्टार नेपाल्सले निर्माण गरेको उक्त रियालिटी शोमा निर्णायक संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार रहेका छन् । शोको नियम अनुसार अन्य रियालिटी शोमा भाग लिइसकेका प्रतिस्पर्धीहरु वा पाँच वर्षभन्दा बढी समयदेखि साङ्गीतिक क्षेत्रमा सक्रिय गायक गायिकाले सहभागीता जनाएका छन् ।

विजेताले २५ लाख नगद प्राप्त गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *