
कात्तिक, १ । महिलाको राजनीति प्रतिनिधित्वका लागि सञ्चारकर्मीको भूमिका विषयमा पाँच जिल्लाका पत्रकारसँग कार्यशाला गोष्ठी गरिएको छ । सोही विषयमा कार्य गरिरहेको दलित महिला केन्द्र नेपाल (cdwn) ले प्रदेश नम्बर एकका पाँच जिल्लाका पत्रकारसँग मंगलबार बिराटनगरको रत्न होटलमा गोष्टि गरेको हो ।
खोटाङ, ओखलढुंगा, मोरङ, सुनसरी र झापा गरी पाँच जिल्लामा (cdwn) ले महिलाहरुलाई राजनीतिमा निरन्तरता दिन र प्रतिनिधित्व गर्न भूमिका खेलिरहेको केन्द्रिय उपाध्यक्ष लक्ष्मी परियारले बताउनुभयो । पाँच जिल्लाको ३९ पालिकामा काम गरिरहेको संस्थाले सोही क्षेत्रका १५ जना पत्रकारसँग छलफल गरेको हो ।
कार्यक्रममा महिलालाई राजनीतिमा रहिरहन एवं नेतृत्व स्थानमा पुग्न सञ्चार माध्यमले कस्तो भूमिक खेल्न सकिन्छ भन्ने विषयमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले प्रस्तुति दिनुभयो । उपस्थित पत्रकारहरुले महिलाको राजनीतिमा प्रतिनिधित्व हुनेगरी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
