Sunday, October 5News That Matters

कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थीलाई माउन्ट एभरेस्टले गर्यो सम्मान

खोटाङ, साउन २३ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा सञ्चालित माउन्ट एभरेस्ट इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कूलले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । ३.७० जिपिए ल्याएर कक्षा १२ उत्तिर्ण हुने प्रेम कुमार पुरीलाई विद्यालयले सम्मान गरेको हो । उत्कृष्ट जिपिए ल्याएका माउन्ट एभरेस्टका विद्यार्थी पुरी जिल्ला प्रथम भएकाले सम्मान गरिएको सहायक प्रधानाध्यापक अजुर्न केसीले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत सोमबार सार्वजनिक गरेको थियो । माउन्ट एभरेस्टका विद्यार्थी पुरी १२ को नतिजामा खोटाङ जिल्लाकै प्रथम भएको केसीले बताउनुभयो । पुरीलाई शुक्रबार विद्यालयले नगदसहित प्रशंसापत्रले सम्मान गरेको उहाँको भनाइ छ । यस्तै, जिल्ला दोस्रो पनि माउन्ट एभरेस्टका विद्यार्थी किरणकाजी बस्नेत भएका छन् । उनले ३.६४ जिपिए ल्याएर जिल्ला दोस्रो भएको सहायक प्रधानाध्याप केसीले बताउनुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला प्रथम हुने पुरीलाई सम्मानसँगै परीक्षामा उत्तिर्ण भएका ४२ जना विद्यार्थीलाई बधाइ दिएको उहाँको भनाइ छ ।