Saturday, July 27News That Matters

तेस्रो पटक उदाउन भट्टराईले दर्ता गराए उम्मेद्वारी

उम्मेद्वारी पत्रमा हस्ताक्षर गर्दै भट्टराई

खोटाङ, असोज २३ । खोटाङबाट दुई पटक चुनाव जितिसकेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले उम्मेद्वारी दर्ता गराएका छन् । दुई पटक जिल्लाबाट उदाएका भट्टराईले तेस्रो पटक उदाउने चाहानाकासाथ उम्मेद्वारी दर्ता गराएका हुन् ।
पहिलो पटक २०५६ सालको चुनावमा भाग लिएका भट्टराई पराजित भएका थिए । दोस्रो पटक २०६४ सालको चुनावमा पनि एमालेबाट टिकट ल्याएर चुनावी मैदानमा आएका भट्टराई पुनः पराजित भए । सोही क्षेत्र, खोटाङ क्षेत्र नम्बर दुईबाट ०७० सालमा भने पहिलो पटक भट्टराई उदाएका हुन् ।

नेपाली कांग्रेस र नेकपा मओवादीका उम्मेद्वारलाई पराजित गर्दै भट्टराई पहिलो पटक सांसद बनेका हुन् । ०७४ सालमा भएको चुनावमा बामगठबन्धनका साझा उम्मेद्वार बनेका भट्टराईले सानदार जीत हात पारेका थिए । दुई पटक सांसद भइसेका भट्टराईले पुनः तेस्रो पटक सांसद बन्न नेकपा एमालेबाट प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै, २०७० सालको चुनाव जीतेका पाँचकर्ण राई (पिके) दोस्रो पटक सांसद बन्ने दौडमा छन् । एमालेले टिकट दिएसँगै राईले प्रदेश सभा ‘क’ मा उम्मेद्वारी दर्ता गराएका छन् । एमालेको जिल्ला अध्यक्ष रहेका रामप्रसाद दंगाल पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन् । दंगालले एमालेबाट प्रदेश सभा ‘ख’ मा उम्मेद्वारी दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *