
खोटाङ, असोज २३ । सत्तारुढ गठबन्धन दलले उम्मेद्वारी दर्ता गराएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा प्रदेश १ का सिंचाइ तथा खानेपानी मन्त्री रामकुमार राई पासाङले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनबाट प्रदेश सभा ‘क’ मा नेकपा एकीकृत समाजवादीका विरबलकाजी राई र प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका प्रदेश नम्बर एकका महामन्त्रीसमेत रहेका भुपेन्द्र राईले उम्मेद्वारी दर्ता गराएका हुन् ।
यस्तै, नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराएका छन् । संघमा दुई पटक निर्वाचित भट्टराई गठबन्धनको घेरबन्दीमा तेस्रो पटक चुनावी मैदानमा उत्रिएका छन् ।
प्रदेश सभा ‘क’ मा पाँचकर्ण राई (पिके) र प्रदेश सभा ‘ख’ मा रामप्रसाद दंगालले उम्मेद्वारी दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा सर्जु श्रेष्ठ र जनता समाजवादी पार्टीबाट डाक्टर केके राईले प्रतिनिधि सभामा उम्मेद्वारी दर्ता गराएका छन्। जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रदेश सभामा राकेश राई र प्रेमकुमार राईको उम्मेद्वारी रहेको छ ।
