Thursday, April 16News That Matters

शेर्पा दम्पतीले दिए शेर्पा संघ ओखलढुंगाको भवन निर्माणका लागि निःशुल्क जग्गा

दावा जाङबु शेर्पा
असोज २३ । नेपाल शेर्पा संघ ओखलढुंगाको भवन निर्माणका लागि शेर्पा दम्पतीले निःशुल्क जग्गा प्रदान गरेका छन् । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–५ का सोनाम टाशी शेर्पा र पासाङ पुटी शेर्पाले करिब १६ लाख रुपैयाँ मूल्य बराबरको एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

जग्गा दिने शेर्पा हाल काठमाडौं नयाँवस्ती वस्दै आएका छन् । शेर्पा पर्यटन व्यवसायी तथा थोलेदेम्बा शेर्पा किदुगका कोषाध्यक्षसमेत हुन् ।

जग्गा प्राप्त भएसँगै भवन निर्माणको काम छिट्टै सुरु गरिने संघका जिल्ला अध्यक्ष पेम्बा शेर्पाले बताए । अध्यक्ष शेर्पाका अनुसार संघले शेर्पा संस्कृति झल्किने गरी भवन निर्माण गरिनेछ । आवश्यक रकमकालागि सहयोगी दाताहरु संग सहयोग संकलन तथा स्थानीय तहसंग बजेट माग गरिने उनको भनाइ छ ।