Saturday, July 27News That Matters

खोटाङमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने


खोटाङ, कात्तिक २४ । खोटाङमा राती १० बजेसम्म मात्र देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा सञ्चालन हुने देउसी, भैलो, नाचगान जस्ता सांस्कृतिक क्रियाकलाप राती १० बजेसम्म मात्र गर्न पाइने भएको हो ।

परम्परालाई मर्यादित एवं अनुशासित बनाउन भन्दै राती १० बजे पश्चात देउसी, भैलो नखेल्न एवं नाचगान नगर्न जिल्ला प्रशासन कार्यालय खोटाङले सूचना जारी गर्दै जानकारी गराएको छ । यस्तै, आतिसवाजी, पटका जस्ता विस्फोटक पदार्थ ओसार–पसार तथा बिक्री वितरण नगर्न पनि प्रशासनले भनेको छ । प्रशासनले जारी गरेको सूचना अवज्ञा गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउनुभयो ।

यस्तै, चाडपर्वमा अखाद्य तथा गुणस्तरहिन वस्तु बिक्री नगर्न, जुवातास, सट्टेवाजी, चिट्ठा जस्ता क्रियाकलाप नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न पनि सूचनामा भनिएको छ । यदि कसैले यस्तो गरेको पाइएमा प्रहरीलाई खबर गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना