खोटाङ, साउन ७ । नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको अध्यक्षमा मिलन कसजु र सचिवमा विरेन गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको खोटाङको पहिलो अधिवेशनले कसजुको अध्यक्षतामा सर्वसम्मत २४ सदस्य जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।
बुधबार नेपाली कांग्रेस वीपी स्मृति भवन दिक्तेलमा भएको प्रथम जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्षमा किरण राईलाई निर्विरोध निर्वाचित गराएको हो ।
यस्तै, सदस्यहरुमा विचारी तामाङ, दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कंचन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ चयन भएको निर्वाचन मण्डलका सदस्य फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
यस्तै, केन्द्रीय प्रतिनिधिमा खड्गमणि राई, बसन्त राई चयन भएका छन भने प्रदेश प्रतिनिधिमा खोटाङ प्रदेश क बाट भरत राई, सनम राई र प्रदेश ख बाट रणजंग राई, गणेश पुमा राई र एलिशा राई चयन भएका छन् ।
नेपाली कांग्रेस खोटाङका उपसभापति इवन राईको प्रमुख आतिथ्यतामा एवम् नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि बेदप्रसाद वनको विशेष आतिथ्यतामा नेपाल लोकतान्त्रिक खेलकुद संघ खोटाङको प्रथम अधिवेशनको उद्घाटन गरिएको थियो ।