
पवन खड्का/असोज ०६, खोटाङ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना कहरकाबीच पनि युवाहरू बिदेसिने क्रम बढेको छ । स्वास्थ्यका हिसाबले नेपालबाहिरका मुलुक अति जोखिमयुक्त रहेको भनिए पनि रोजगारीका लागि बिदेसिने युवाको संख्या घट्नुको सट्टा बढ्दो अवस्थामा रहेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय खोटाङको तथ्यांकअनुसार राहदानी बनाएर बिदेसिने युवाको लहर घटेको छैन । जिल्लामा पछिल्लो पाँच महिनामा ४ सय ८७ जनाले राहदानी लिएका छन् । चालु वर्षको वैशाखदेख भदौ मसान्तसम्म जिल्लाभित्रबाट सिफारिस भई आएका र जिल्ला प्रशासनबाट सिफारिस लिएर द्रूूत सेवामार्फत राजधानी पुुगेर १३२ महिला र ३५५ पुुरुषले राहदानी लिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूूचना अधिकारी विकल श्रेष्ठले जानकारी दिनुुभयो ।
उहाँका अनुसार कोरोना कहरकाबीच पनि रोजगारीका लागि बिदेसिने बाध्यताले राहदानी बनाएको सेवाग्राहीले बताउने गरेका छन् । केहीको रहर र धेरैको रोजगारीका लागि बिदेसिनुुपर्ने बाध्यताले राहदानी लिनेको संख्या बढेको श्रेष्ठको भनाइ छ ।
