खोटाङ असोज ३ : संविधान दिवसका अवसरमा खोटाङ कारागारबाट चार कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराध मुुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।
५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीबन्दीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने सरकारी नियमअनुसार संविधान दिवसका अवसरमा चार पुरुष कैद मिनाहा भएको कारागार शाखा प्रमुख कृष्ण आचार्यले जानकारी दिनुुभयो ।
आचार्यका अनुसार रिहा हुनेमा कर्तव्य ज्यान मुद्दाका दुुई जना, नकवजनी चोरी मुद्दाका एक जना र सवारी ज्यान मुुद्दामा कैद भुक्तान गरिहेका एक जना छन् ।
हाल जिल्ला कारागारमा तीन महिला र १३४ पुरुष गरी जम्मा १३७ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।
