
खोटाङ असोज १ गते : खोटाङमा कोरोना बिरुद्धको थप खोप असोज ४ र ५ गते लगाईने भएको छ । ४५ बर्ष माथीका नागरिकले एस्ट्राजेनिका खोपको पहिलो मात्रा असाज ४ र ५ गते लगाउँन पाउँने जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
४५ बर्ष माथीका नागरिकसँगै यस अघि कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाकी रहेकाहरुले पनि लगाउन सक्ने जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले बताउनु भयो । यस्तै १८ बर्ष माथीका बिद्यार्थीले पनि उक्त एस्ट्राजेनिका खोपको पहिलो मात्रा लगाउन सक्ने उहाँको भनाई । जसको लागि एस्ट्राजेनिका खोप ६ हजार ५ सय मात्रा जिल्ला आएको छ ।
खोटाङ जिल्लामा हाल सम्म कोरोना बिरुद्धको खोपको पहिलो मात्रा मात्र ३९ हजार ९ सय ८६ जनाले लगाएका छन भने २० हजार १ सय ७४ जनाले दोसो मात्राको खोप लगाईसकेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
