खोटाङ असोज २ गते : खोटाङका आठ जनामा डेंगु रोग लागेको पुष्टि भएको छ । एक हप्ताको अवधिमा जिल्लाको तीन स्थानीय तहका आठ जनामा डेंगु रोग पुष्टि भएको जिल्ला अस्पताल खोटाङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले जानकारी दिनुभयो ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, सोहि नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पूष्टि भएको उहाँले बताउँनु भयो ।
डेंगु रोग लागेको पुष्टि भएका ६ जनालाई शरीरमा रगत कम भएकाले जिल्ला अस्पताल खोटाङले रेफर गरेको छ । बाकी दुई जनाको घरमै उपचार भईरहेको छ । यो सिजनमा खोटाङमा विगतका वर्षमा पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।
