
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ वडा कार्यलयको भवन उद्धघाटन गरिएको छ । बिहिबार एक कार्यक्रमका बीच नगर प्रमुख इवन राईले नवनिर्मित भवनको उद्धघाटन गर्नु भएको हो ।

आर्थीक बर्ष २०७६\०७७ र २०७७\०७८ मा नगरपालिकाबाट बिनियोजित २०\२० लाख गरी जम्मा रु ४० लाखमा ६ कोठाको एक तले आरसिसि भवन निर्माण पश्चात उद्धघाटन भएको वडाध्यक्ष पृध्वीराज राईले जानकारी दिुनुभयो । साविक धितुङ गाउँ विकास समितीको भवन भत्किएको कारण वडा कार्यलय बार्षिक १ लाख २० हजार भाडा तिरेर सञ्चालन भईरहेको थियो । वडा कार्यलयको आफ्नै भवन निर्माण पश्चात सेवा प्रदानमा सहजसँगै भाडा तिर्ने रकम बचत हुने उहाँले बताउँनु भयो ।

भवन निर्माणको लागि स्थानीय परमशेर राईले ३ रोपनी जग्गा निशुल्क प्रदान गर्नु भएको वडाध्यक्ष राईको भनाई छ ।
