
खोटाङको रावाबेसी गाउपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहालले जानकारी दिनुभयो ।
गाउँपालिकाले आयोजना गरेको “नेपालको आर्थिक विकासमा कोभिड १९ ले पारेको सकारात्मक तथा नकरात्मक प्रभाव र त्यसको न्यूनिकरणमा युवाले खेल्नु पर्ने भुमिका” बिषयक वक्तृत्वकलामा ६ जनाले भाग लिएको उहाँले बताउँनु भयो । जसमा सुशिला तिमिल्सीनाले प्रथम, प्रतिक पोखरेलले द्धितिय र युवराज कटवालले तृतिय स्थान हासिल गरेको उहाँको भनाई छ ।
१६ बर्ष देखि २४ बर्ष उमेर समुहले भाग लिन पाउँने गरी आयोजना गरिएको वक्तृत्वकलामा प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमस १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्रदान गरिएको शिक्षा शाखा संयोजक दाहालले बताउँनु भयो ।
