Wednesday, April 15News That Matters

खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते


खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते भएका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ५ स्थीत सेल्लो खोलामा दुर्घटना हुँदा अटोमा सवार बैधनाथ यादप सामान्य घाईते भएका हुन ।

बिहिबार (आज) दिउसो पौने ३ बजे छापडाँडा बाट हलेसी माहादेवस्थान तर्फ जादै गरेको १ स ३४८५ नम्बरकोे अटो अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसको प्रहरीले जनाएको छ । दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटिएर घाईतेको उद्धार गरेको प्रहरी निरीक्षक प्रमोद कार्कीको बताउँनु भयो ।

घाईते चालकको छापडाडा प्रथामिक अस्पतालमा उपचार भईरहेको छ । अटोमा सवार अन्य १ जना जना सकुसल छन । अटोक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।