Friday, April 17News That Matters

प्रदेश १ समन्वय परिषद् सदस्यमा खोटाङबाट गिरेन्द्र बहादुर राई मनोनीत

खोटाङ, जेठ २४ । प्रदेश १ को समन्वय परिषद्को बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत भएको छ । आज बसेको बैठकबाट नयाँ कार्यविधि पारित भएसँगै मुख्यमन्त्री राजेन्द्र कुमार राईले १० जनालाई समन्वय परिषद् सदस्यमा मनोनीत गर्नुभएको छ ।

मुख्यमन्त्री राईले मनोनीत गर्नुभएको १० जनामा खोटाङ जिल्लाबाट ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रकुमार राई रहनुभएको छ । यस्तै ओखलढुंगाबाट खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पा, मोरङबाट विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, इलामबाट सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राई, भोजपुरबाट साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथकुमार कुलुङ राई मनोनीत हुनुभएको छ ।

त्यस्तै, उदयपुरबाट उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, सुनसरीबाट इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिताकुमारी चौधरी, धनकुटाबाट छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गीता गुरुङ, पाँचथरबाट फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष सविता राई र ताप्लेजुङबाट मेरिङदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ सदस्यमा मनोनीत हुनुभएको हो ।