Thursday, March 5News That Matters

अखिल क्रान्तिकारी प्रदेश एक ४ वटा कमाण्डसहित विद्यालय र क्याम्पसमा


खोटाङ, साउन ३१ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्रदेश एक समितिले ४ वटा कमाण्ड निर्माण गरेरको छ । साउन २९ गते धरानमा बसेको समितिको तेस्रो पुर्ण बैठकले ४ वटा कमाण्ड निर्माण गर्दै विद्यार्थी माझमा जाने निर्णय गरेको प्रदेश समिति सचिव डिआर खड्काले जानकारी दिनुभयो ।

खोटाङ, उदयपुर, ओखलढुंगा र सोलुखुम्बु जिल्ला समेटेर कमाण्ड (क), सुनसरी, झापा र मोरङ जिल्ला समेटेर कमाण्ड (ख), धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्ला समेट्दै (कमाण्ड) ग र इलाम, पाँचथर, ताप्लेजुङ तीन जिल्लालाई कमाण्ड (घ) बनाइएको छ । उक्त कमाण्डको इन्चार्ज प्रदेश समिति उपाध्यक्षहरु शंकर तिमिल्सिना, मनिपा आचार्य, योगेस भट्टराई र खेम रणपहेलीलाई तोकिएको उहाँले बताउनुभयो ।

प्रदेश नम्बर एकका विद्यालयहरुमा पुगेर विद्यालय एवं क्याम्पस सरसफाइ देखि प्रशिक्षण लगायत विभिन्न कार्यक्रम गर्ने अखिलको योजना छ । यस्तै १५ दिन भित्र एक नम्बर प्रदेशका १ सय ३७ वटै स्थानीय सरकार र ७ दिन भित्र प्रदेश सरकारसमक्ष शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविका सम्बन्धि ध्यानाकर्षण गराउने, माग पत्र पेश गर्ने अखिलले जनाएको छ । जस अन्तर्गत शिक्षामा कम्तीमा २० प्रतिशत बजेट अनिवार्य विजियोजन गर्न माग गर्ने, संविधानले तोकेअनुरुपको निशुल्क शिक्षा माग गर्ने, रिक्त रहेको विभिन्न तहको शिक्षक दरवन्दी पूरा गर्न लगायतका माग गरिने बताइएको छ ।

यस्तो छ बैठकको पुर्ण पाठ