Thursday, April 16News That Matters

शेर्पा संघ बागमती प्रदेशले शेर्पा जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने

दावा जाङ्बु शेर्पा
काठमाडौं, वैशाख ९ । नेपाल शेर्पा संघ बागमती प्रदेश समितिले बैशाख १५ गते शनिबार राजधानी स्थित टिबेट इन्टरनेशनल बौद्धमा शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको चुनौती र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय सभाको सदस्य एवम् संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति माननीय सोनाम गेल्जेन शेर्पाको प्रमुख अतिथ्यतामा कार्यक्रम हुने जनाइएको छ ।

कार्यक्रममा प्रमुख वक्ताहरुमा विश्व शेर्पा संघ पुर्वा अध्यक्ष एवम् नेपाल शेर्पा संघको निवर्तमान अध्यक्ष आङदोर्जे शेर्पा रहने शेर्पा संघ बागमती प्रदेश समितिले जानकारी दिनुभयो । विशेष वक्तामा शेर्पा समुदायको पहिलो डा.लाक्पा नोर्बु शेर्पा, टिप्पणी वक्ताको रुपमा रहने साथै शेर्पा समुदायको अग्रज र बागमती प्रदेशका प्रमुख जनप्रतिनिधिहरु बाट सम्बोधन हुने अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश भरिका विभिन्न तहको जनप्रतिनिधिहरु र शेर्पा समुदायको विभिन्न तहको प्रतिनिधिहरुमा उपस्थितिको लागि शेर्पा संघ बागमती प्रदेशले निमन्त्रणा गरेको छ ।

शेर्पा समुदाय र शेर्पा जनप्रतिनिधिको विगत वर्तमान र भविष्यको विषयमा समुदायको बुद्धिजीवी विज्ञहरूबाट धारणहरु लिदै भविष्यमा साझ कार्यपत्र निर्माण गर्ने उदेश्य स्वरुप सक्षम समुदाय सबल नेतृत्व भन्ने मुल नाराको साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।