Tuesday, April 21News That Matters

उपभोक्ता समितीद्धारा काम सकेर बाकी रहेको रकम बिद्यालयलाई हस्तान्तरण

खोटाङमा एक उपभोक्ता समितीले शौचालय निर्माण गरेर बाकी रहेको रकम बिद्यालयलाई दिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ६ मंगलटार बरापानी स्थीत पन्चावती प्राथामिक बिद्यालयको शौचालय निर्माण पश्चात बाकी रहेको १ लाख रकम समितीले सोहि बिद्यालयलाई जिम्मा लगाएको नगरपालिका कर्मचारी सिताराम बस्नेतले जानकारी दिनुभयो ।

चालु आर्थीक बर्ष २०७७\०७८मा नगरपालिकाबाट शौचालय निर्माणको लागि ७ लाख बजेट बिनियोजन भएको थियो । स्टमेट अनुसारको २ कोठाको शौचालय ६ लाखमै निर्माण भएपछि बाकी रहेको रकम बिद्यालयलाई जिम्मा लगाएको उपभोक्ता समितीका अध्यक्ष होम बहादुर राउतले बताउँनु भयो । उपभोक्ता समितीले बुझाएको रकम लगानि गरी प्राप्त हुने ब्याज बिद्यालयमा कार्यरत निजि शिक्षकको ब्यवस्थापनमा खर्च गरीने प्रधानाध्यापक पदमलाल चौधरीले बताउँनु भयो ।

यस्तै रकम अनुसारको काम नभएको भन्दै कतिपय ठाउँमा उपभोक्ता समितीको आलोचना भईरहदा उक्त बिद्यालयको शौचालय निर्माण गर्ने समितीले भने सबैले सिक्नु पर्ने उदाहरणिय काम गरेको नगरपालिकाका प्रवक्ता समेत रहनु भएका सोहि वडाका वडाध्यक्ष रमेश कुमार राउतको भनाई छ