Thursday, April 16News That Matters

कोरोना संक्रमित ४ सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले कोरोना संक्रमित ४ जना सञ्चारकर्मीलाई लेखनावृति पुरस्कार प्रदान गरेको छ । प्रदेश नम्बर एकको सहयोग तथा नेपाल पत्रकार महासंघ प्रदेश कमिटिको संयोजनमा मंगलबार एक कार्यक्रमका बीच नगद रु. १० हजारका दरले पुरस्कार प्रदान गरेको हो ।


पुरस्कार प्राप्त गर्नेहरुमा जिल्लामा सञ्चालित सोलु एफ.एममा कार्यरत अन्जु कार्की र रमन वन, रेडियो चोमोलुङ्मामा कार्यरत बिदुर बस्नेत र गोरखापत्र दैनिकका जिल्ला संवाददाता सन्तोष राउत रहेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुले जनाएको छ ।


पुरस्कृत चारै जना संक्रमण मुक्त भईसकेको जनाइएको छ । उनीहरुलाई समाचार संङकलनको क्रममा कोरोना लेखनवृति वापतको रकम हस्तान्तरण गरिएको महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले बताउँनु भयो ।