Wednesday, April 15News That Matters

गाई काटेको अभियोगमा दुई पक्राउ

खाँदबारी नगरपालिका–८ मा गाई काटेको अभियोगमा दुईजना पक्राउ परेका छन  । प्रहरीले भारतको सिलिगुडी घर भई हाल खाँदबारी–८ बस्ने २७ वर्षीय अम्बर तामाङ र सोही ठाउँका १८ वर्षीय डम्बर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिनुभयो ।

उनीहरुलाई शुक्रबार दिउँसो खाँदबारी–८ भोटबारीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए। गाई काटेको भन्ने खबर पाउनसाथ खटिएको प्रहरी टोलीले भोटबारीबाट पक्राउ गरेको उहाँले बताउँनुभयो ।  प्रहरीले तामाङको घरबाट३०० मिटर पूर्वमा रहेको खोला किनारबाट गाई काटिरेहको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्य दुईजना फरार रहेकाले खोजी गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताउँनुभयो ।  पक्राउ परेकामाथि गौवधसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ । गौवधसम्बन्धी मुद्दामा तीन वर्षसम्म कैद हुन कानुनी ब्यवस्था रहेको प्रहरीले जनाएको  छ ।