
बाग्लुङमा खानेपानी आयोजनामा काम गर्ने चार जना मजदुरको ज्यान गएको छ । गलकोट नगरपालिका–७ मल्ममा खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षका दीपेन्द्र पुन, ३९ वर्षका दूधबहादुर राना, ५१ वर्षका रेखबहादुर राना र ३० वर्षका प्रविन घर्तीको ज्यान गएको हो ।
विषाक्त जाँडरक्सी खाएर उनीहरुको ज्यान गएको हुनसक्ने र थप अनुसन्धान भइरहेकाे बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो । बिरामी ३८ वर्षका खेमराज घर्ती र २६ वर्षका रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।
