
खोटाङ साउन २० : खोटाङमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । २८ प्रतिशतले बृद्धि भएको भाडा साउन १९ गते देखि लागु भएको हो ।
जिल्लाका यातायात व्यवसायीहरुले बृद्धि गरेको भाडा अनुसार अब दिक्तेलबाट बसमा काठमाण्डौ, ईटहरी र धरान जानका लागि १ हजार ५ सय ३६ रुपैयाँ भाडा लाग्नेछ । दिक्तेल–बिराटनगर १ हजार ६ सय, दिक्तेल–काकडभित्ता १ हजार ७ सय २८ रुपैयाँ र दिक्तेल–गाईघाट १ हजार २४ रुपैयाँ भाडा लाग्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।
यस्तै, जिपमा दिक्तेलबाट काठमाण्डौ जान १ हजार ८ सय ५६ रुपैयाँ, दिक्तेल–ईटहरी २ हजार २ सय, दिक्तेल–धरान २ हजार २ सय ४० रुपैयाँ, दिक्तेल– बिराटनगर र दिक्तेल–काकडभिट्टा २ हजार ३ सय ४ रुपैयाँ र दिक्तेलबाट गाईघाट जान १ हजार ५ सय ३६ रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
