Thursday, April 16News That Matters

ओलीसँग वार्ताको कुनै सम्भावना छैन : माधव नेपाल

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताको कुनै सम्भावना नरहेको बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत् नेपालले आफू नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढिरहेको भन्दै ओलीसँग ‘वार्ता र सहमति’ हुन नसक्ने स्पष्ट पारेका हुन्।

उनले पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको अवस्थामा बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’ का भ्रमपूर्ण समाचारहरू प्रकाशित भइरहेको पनि बताएका छन्। उनले त्यस्ता हल्लाको पछाडि नलाग्न आफ्ना नेता र कार्यकर्तालाई आग्रहसमेत गरेका छन्।

उनले लेखेका छन्, ‘वार्ता र सहमतिका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु।’