Wednesday, April 15News That Matters

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री आचार्यद्वारा शपथ ग्रहण

प्रदेश–१ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुख सोमनाथ प्यासीले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।

मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि उहाँ नेकपा एमालेको संसदीय दलको नेतामा सर्वसम्मत चयन  हुनुभएको थियाे ।

यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।