Wednesday, April 15News That Matters

जन्तेढुंगा गाउँपालिकाको सेवा आफ्नै भवनबाट

खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । आर्थिक वर्ष २०७५\०७६ मा गाउँपालिकाले विनियोजन गरेको ७१ लाख, आर्थिक वर्ष २०७६\०७७ मा प्रदेश सरकारबाट प्राप्त ५० लाख र २०७७\०७८ मा संघीय सरकारबाट प्राप्त ८५ लाख गरी २ करोड ६ लाखमा भवन निर्माण भएपछि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।

गाउँपालिकाले साविकाको चिसापानी गाबिसको कार्यालयबाट सेवा प्रवाह गर्दै आएको थियो । भवनमा सिमित कोठा भएको हुँदा बहु शाखाको सेवा एउटै भवनबाट प्रवाह गर्दा झन्जटिलो हुने गरेको गाउँपालिकाका सामाजिक बिकास शाखाका प्रमुख बिदुरमान राईले बताउँनु भयो । तर गाउँपालिकाको आफ्नै सुबिदा सम्पन्न १० कोठे भवन निर्माण पश्चात अब त्यस्ता समस्याको समाधान हुने उहाँको भनाई छ ।

१ तला भवन फिनिसिङ गरेर सेवा प्रदान गर्न थालेको गाउँपालिकाले भवनलाई अढाई तले बनाउने तयारी गरेको गाउँपालिकाका अध्यक्ष शंखर बहादुर राईले बताउँनु भयो । जसको लागि संघीय सरकारबाट १ करोड समपुरक अनुदान प्राप्त भएको अध्यक्ष राईको भनाई छ ।