Thursday, April 16News That Matters

खोटाङमा हत्या अभियोगमा २ जना पक्राउ

खोटाङमा हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ काँडे बस्ने ३३ वर्षीय गिरीराज थापाको हत्या गरेको अभियोगमा सोही ठाउँका मृतककै भाइ २२ वर्षीय नारायण थापा र १३ वर्षीय किशोरलाई बुधबार राति पक्राउ गरेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।

बुधबार दिउँसो घरबाट हिडेका गिरीराज अबेरसम्म घर नफर्केपछि खोजि गर्दा घर भन्दा करिब २ सय मिटर टाढा बारीमा मृत फेला परेका थिए । घटना भएको जानकारी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा गिरीराजलाई डोरीले घाँटी कसी हत्या गरेको खुल्न आएको थियो ।

उक्त घटनामा संलग्न उनीहरूलाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धाद भईरहेको जिल्ल प्रहरी कार्यलय खोटाङले जनाएको छ ।