
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आज रातीबाट लकडाउन खुल्ने भएको छ । नगरपालिकामा कोरोना संक्रमण दर बढ्दै गएपछि रोकथाम एवं नियन्त्रणको लागि भदौ १ बाट लागु गरिएको लकडाउन आज राती १२ बजेबाट खुल्ने नगर प्रमुख दिप नारायण रिजालले जानकारी दिनुभयो ।
प्रमुख रिजालका अनुसार लकडाउन खोलिएपनि सभा,सम्मेलन, गोष्टि, हाटबजार,धार्मिक तथा सांस्कृतिक क्षेत्रमा हुने भिडभाड भने रोक लगाईएको छ ।
यस्तै साँझ ७ बजेपछि होटल पसल लगायतका ब्यवसायहरु संचालन गर्न नपाईने नगर प्रमुख रिजालको भनाई छ ।
