
खोटाङ भदौ २२ गते : खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । १८ औँ निजामती सेवा दिवसको अवसरमा आज एक कार्यक्रमका बिच गाउँपालिकाका उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
२०७५ साल मंसिर १७ गते देखि निरन्तर रूपमा प्रमुख प्रशासकीय अधिकृत पदमा रहेर गाउँपालिकाको समृद्धि र विकासको लागि महत्वपुर्ण योगदान गर्ने भीम प्रसाद दाहाललाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले जानकारी दिनुभयो ।
यस्तै स्वर्गिय नारायण प्रसाद श्रेष्ठ स्मृति पुरस्कार अन्तर्गत अस्थायी कोभिड अस्पताल याम्खामा कार्यरत ल्याव असिस्टेन्ट सविना तामाङ र वडा सचिव सञ्जिब आचार्यलाई पनि उत्कृष्ट कर्मचारीको रुपमा रु १० हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको अध्यक्ष राईले बताउँनु भयो ।


