
खोटाङ कार्तिक ४ गते : खोटाङमा कोरोना भाईरसका सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । हिजो १८ जना सक्रिय संक्रमित रहेकोमा आज ९ जना निको भएर १ जना नयाँ संक्रमित थपिदा सक्रिय संक्रमितको संख्या १० मा झरेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ ।
यस्तै लगातार तिन दिन नयाँ संक्रमितको संख्या शुन्य रहेकोमा आज एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्लाको बिभिन्न ठाउँमा १० जनाको कोरोना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय खोटाङका प्रमुख पुण्य प्रसाद सिक्देलले जानकारी दिनुभयो ।
जिल्लामा हाल सम्म ३ हजार ४६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ भने १५ जनाको भाईरसको कारण ज्यान गएको छ ।
