Thursday, April 16News That Matters

ओखलढुंगामा बोलेरो दुर्घटना, ३ को ज्यान गयो, १३ घाइते

ओखलढुंगा कार्तिक २९ : ओखलढुंगामा बोलेरो दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्लाको च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको हो ।

आज बिहानै एकादशी मेला भर्न ककनी जाने तिर्थालु बोकेको प्रदेश नम्बर ३ ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ को सिकारीडाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेकाले उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ रेफर गने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

४ जनाको ज्यान भएको भनिएपनि हाल सम्म प्रहरीले ३ जनाको ज्यान गएको प्रारम्भीक पुष्टि गरेको छ । दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।