खोटाङ कार्तिक ३० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको हो ।
नेपाल बन्दको काठमाडौं उपत्यकामा आंशिक प्रभाव देखिएको छ । बन्दका कारण उपत्यकामा सार्वजनिक सवारीसाधन कम चलेका छन । यता खोटाङमा पनि बन्दको प्रभाव परेको छ । जिल्लाबाट राजधानी काठमाण्डौ लगाएत तराईका लागी छुट्ने बस बन्दको कारण आज नछुटेको जिल्ला ट्राफिक इन्चार्ज दिल बहादुर खत्रीले जानकारी दिनुभयो । यद्यपी बाहिरबाट आएका रात्रीबसहरु भने जिल्ला प्रवेश गरेका छन । बाहिरबाट प्रवेश गरेका सवारी साधनहरुलाई गन्तव्य सम्म पु¥याउने काम भईरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
सदरमुकाम दिक्तेल र हलेसी बजारका पसलहरु फट्टफुट्ट खुलेका छन । जिल्लामा बन्दकर्ताहरुको सहभागीता नदेखिएपनि सडकहरु भने ठप्प जस्तै देखिएको छ । बन्दको कारण कुनै घटना हुन नदिन सुरक्षा ब्यवस्था कडा बनाईएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरीक्षक सागर साहले बताउँनु भयो ।
सरकारी कार्यलय र बिद्यालयहरु खुल्ने या नखुल्ने अन्योल छ ।
