Thursday, April 16News That Matters

निजमाती कर्मचारी संगठन वराहपोखरीको अध्यक्षमा नवराज राई

खोटाङ, पुस १८ । नेपाल निजमाती कर्मचारी संगठन वराहपोखरी गाउँपालिकाको अध्यक्षमा नवराज राई सर्वसम्मत चयन हुुनुभएको छ ।
पालिका स्तरको अधिवेशनबाट राईको अध्यक्षातमा संगठनको वराहपोखरी गाउं इकाइ कार्यसमिति सर्वसम्मत गठन भएको हो ।

समितिको उपाध्यक्षमा दीलिप राई, सचिवमा पूजा अधिकारी र कोषाध्यक्षमा रेनुका राई चयन हुनुभएको छ ।

सदस्यहरूमा अनिमा श्रेष्ठ, जयदेव पौडेल, जितबहादुर राई, सरिता मगर, असल विक, द्रोणराज रेग्मी र कोपिला राई चयन हुनुभएको छ ।

यस्तै सल्लाहकार समिति संयोजकमा छत्र बानियाँ र सल्लाहकार सदस्यमा शत्रुधन सेठ र बालेश्वर यादव चयन हुनुभएको छ ।