Thursday, April 16News That Matters

खोटाङमा विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटियो

फाइल तस्वीर ।

खोटाङ, पुस १८ । खोटाङमा लामो समयसम्म विद्युत महसुल नतिर्ने १७ ग्राहकको लाइन काटिएको छ । ५ हजार बढी बक्यौता तिर्न बाँकी रहेका र दुई महिनासम्म महसुल नतिरेका दिक्तेलबजार क्षेत्रका ती ग्राहकको लाइन काटिएको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिनुभयो ।

आइतबार लाइन काटिएकामध्ये ८ जना ग्राहकले ४० हजार ७ सय २ रुपैयाँ बक्यौता रकम तिरेपछि पुनः लाइन जडान गरिएको छ । लाइन काटिएका अन्य ९ ग्राहकबाट अझै ८३ हजार ५ सय २२ रुपैयाँ ७१ पैसा महसुल उठ्न बाँकी रहेको वितरण केन्द्रले जनाएको छ ।

महसुल असुली अभियान निरन्तर जारी रहने भएकाले बेलैमा बक्यौता तिरेर ग्राहक अनुशासन कायम गर्न पनि केन्द्रले आग्रह गरेको छ ।