Thursday, April 16News That Matters

दिक्तेलमा मह भन्दै अखाद्य वस्तु बिक्री, सचेत रहन आग्रह

सांकेतिक तस्वीर ।

खोटाङ, पुस १८ । खोटाङ सदरमुकाम दिक्तेलबजारमा मह भन्दै एक तराई मूलकी महिलाले अखाद्य वस्तु बिक्री गर्दै हिँडेको पाइएकाले सचेत रहन उद्योग वाणिज्य संघ खोटाङले आग्रह गरेको छ ।

महको नाम गरेर अपरिचित एक महिलाले आफू खोटाङबासी भएको बताउँदै अखाद्य वस्तु बिक्री गरेको जानकारीमा आएको संघका महासचिव मनोज बजियमले बताउनुभयो । कोही कसैलाई पनि खरिद नगर्न र ती महिला भेट्नेलाई उद्योग वाणिज्य संघमा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।