
खोटाङ, पुस २० । खोटाङबाट रविन चाम्लिङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य मनोनीत हुनुुभएको छ । पार्टीको विधान बमोजिम खोटाङबाट चाम्लिङ केन्द्रीय सदस्य मनोनीत हुनुभएको हो ।
पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज ३१ जना केन्द्रीय सदस्य मनोनीत गर्नुभएको छ ।
