Thursday, April 16News That Matters

प्रेस चौतारी खोटाङको अध्यक्षमा राई र सचिवमा रिजाल

खोटाङ, पुस २४ । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जीव राई निर्विरोध चयन हुनुभएको छ । आज दिक्तेलस्थित होटल शुभदिनमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट राईसहित १५ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो ।

कमिटी उपाध्यक्षमा राजन ठटाल र अस्मीता खत्री, सचिवमा दिवस रिजाल, सह–सचिवमा खेम पुरी र प्रेम श्रेष्ठ र कोषाध्यक्षमा सन्तोष पौडेल चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा मनोज आचार्य, मिलन* आचार्य, दीपेश श्रेष्ठ, योगिन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोशन राई र उमेश भुजेल चयन हुुनुभएको छ ।

यसैगरी दमन राई, हरिबोल आचार्य, लोकमणी रिजाल, बद्री आचार्य टिवन राईलाई सल्लाहकारम ाचयन गरिएको छ ।