Thursday, April 16News That Matters

४ लाख बाट सुरु भएको सत्यश्वर कृषि सहकारीको सम्पत्ति पाँचबर्षमा ३ करोड बढी

साधारणसभाको उद्घाटन गर्दै मेयर इवन राई

खोटाङ, पुस २४ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा सञ्चालित सत्यश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडले एक वर्षमा ८ लाख बढी नाफा कमाएको छ । सहकारीले गत आर्थिक वर्ष २०७७\०७८ मा ८ लाख ५७ हजार ७ सय ५ रुपैयाँ नाफा कमाएको हो ।

मंगलटारस्थित पीपलडाँडा मा.वि.मा आज सम्पन्न छैटौँ वार्षिक साधरणसभामा आम्दानी, खर्च र नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सहकारीका प्रबन्धक खम्बराज कार्किले सो जानकारी दिनुभएको हो । सहकारीका अध्यक्ष अकिलकुमार राईको अध्यक्षतमा सम्पन्न साधरणसभाले चालु आर्थिक वर्ष २०७८\०७९ को नीति, बजेट र गत आर्थिक वर्षको आम्दानी र खर्च पारित गरेको छ ।

पाँच वर्ष अगाडि ४ लाख ९१ हजार लगानीबाट सञ्चालनमा ल्याइएको सहकारीको सम्पत्ति अहिले ३ करोड ४६ लाख ४४ हजार पुगेको छ भने ६ सय ३४ जना शेयर सदस्य सहकारीमा आबद्ध छन् ।

यस्तै, कार्यक्रमको विशेष अतिथिको रुपमा बोल्दै मंगलटारका वडाध्यक्ष रमेशकुमार राउतले ५ वर्षको अवधिमा आधारभूत विकास भएकाले अब ठूला विकास गर्दै गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । त्यसका लागि सबैले उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, साधरणसभामा बोल्दै प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस खोटाङ कार्यसमितिका उपसभापति इवन राईले सहकारीको माध्यमबाट कृषिलाई प्रवर्धन गर्दै आत्मनिर्भर बन्न सकिने बताउनुभयो । उहाँले अब गाउँमा आएका सडक र विद्युतलाई नागरिकले आम्दानीको स्रोत बनाउनुपर्ने बताउनु भयोे । बाहिरबाट समाग्री आयात गरेर समृद्धि हासिल नहुने भएकाले त्यसका लागि आफैँ उत्पादन गरी निर्यात गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहकारी संस्थाको भवन निर्माणको लागि निशुल्का जग्गादातालाई प्रशंसापत्रले सम्मान समेत गरिएको छ ।