Thursday, April 16News That Matters

नाङलोमा पसल थापेको पार्टी हैन एमाले, पोलिटव्युरो सदस्य भट्टराई


खोटाङ, पुस २३ । नेकपा एमाले नाङलोमा पसल थापेको पार्टी नभएको एमालेका पोलिटव्युरो सदस्य, संसदीय दलका प्रमुख सचेतक एवं खोटा जिल्लाका संघीय सांसद विशाल भट्टराईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशन उद्घाटनसत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै भट्टराईले यस्तो बताउनु भएको हो ।

देशकै ठुलो र वैचारिक पार्टी नेकपा एमाले रहेको कारण केहि ब्यक्ति छुट्टिएर गएपनि एमाले सधै पहिलो पार्टी बनिरहने उहाँको भनाई छ । एमालेलाई हराउने उद्स्यले माधव नेपालले निर्माण गरेको पार्टी राजनितिक पार्टीनै नरहेको उहाँको टिप्पणी छ । यस्तै बिचार बिनाको एमालेको बिरुद्धमा मात्र लाग्न बनाईएको गठबन्धन धेरै नटिक्ने पनि उहाँको दावी छ ।

देशमा संघीयता ल्याने योजना एमालेको रहेको र संघीयता आएपश्चात जनतालाई ठुलो राहत मिलेको पनि उहाँले बताउनु भयो । केहि ब्यक्तिले सिंह आएको तर सिंहदरबार नआएको भनेर टिप्पणी गरेपनि स्थानीय सरकारले जनतालाई सरकारको महसुस गर्न दिएको उहाँले बताउनु भयो ।

यस्तै, देशमा भारतले नाकाबन्दी लगाउदा सम्म छिमिके देश रिसाउछ भनेर बोल्न नसक्ने पार्टीहरुले देशको राष्ट्रियताको कुरा गर्न नसुहाउने पनि भट्टराईको भनाई छ ।