Saturday, April 18News That Matters

महिला घर बाहिर हिड्न सक्ने अवस्था अझै छैन, एमाले केन्द्रिय सदस्य राई

खोटाङ, पुस २३ । नेपालमा अझै पनि महिलालाई घरबाट बाहिर निस्केर हिड्न सक्ने अवस्था नरहेको एमालेको केन्द्रिय सदस्य एवं पुर्व सामाजिक विकास मन्त्री उषाकला राईले बताउनु भएको छ । नेकपा एमालेको सातौँ खोटाङ जिल्ला अधिवेशनको खुल्लासत्रमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशमा धेरै परिर्वतनहरु भएपनि महिलामाथी हुने हिंसा अझै बढ्दै गएको उहाँको टिप्पणी छ । जातीय छुवाछुतको नाममा मान्छेले मान्छे भएर बाच्ने अवस्था नेपालमा अझै पनि सृजना नभएको उहाँको भनाई छ । समाजमा कायम रहेका यस्ता कुसंस्कार, विकृति र विसङगतिलाई जरै देखि उखलेर फाल्न र देशमै रोजगारीको सृजना गर्न नेपालमा एमाले पार्टीले मात्र सक्ने नेतृ राईले बताउनुभयो ।