
पुस २३ । पब्जी खेलका कारण खोटाङकी एक युवतीको ज्यान गएको छ । पब्जीबाट नजिएका खोटाङकी २२ वर्षीया युसिना राई र संखुवासभाका २५ वर्षीय अनिस जिमी २०–२२ दिन देखि सँगै बस्दै आएका थिए । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनिहरु दुवैजना मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरू भिडिओ गेम पब्जीबाट नजिकिए लिभिङ टुगेडर बसेका थिए । घटनामा कुनै तेस्रो व्यक्तिको संलग्नता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ । गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । ’उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे । खेल खेल्दा हानहान, मारमार भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन । झगडा गरेकोजस्तो आवाज आएको रहेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भन्नुभयो, ’१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन्।’
आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् । ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फोड्न लगाएका थिए । कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् । त्यस्तै छेउमै अनिस पनि मृत अवस्थामा फेला परेका थिए । घटनास्थलबाट धारिलो हतियार पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।
’त्यहाँ रगतैरगत थियो । त्यसपछि प्रहरीलाई खबर भयो । प्रहरी पुग्दा अनिशको शरिर तातै थियो । अस्पताल पु¥याउँदा मृत घोषणा भएको हो । अनिशलाई चाबहिलस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा लगिएको थियो । यसमा युवकले पहिले धारिलो हतियार प्रयोग गरी युवतीको हत्या गरेपछि आत्महत्या गरेको हुनसक्ने प्ररम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
यद्यपी यसको पुष्ट्याइ पोष्टमार्टम रिपोर्टले गर्ने उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान हुँदैछ ।
