Thursday, April 16News That Matters

रावाबेसी : पालिका कार्यलय देखि विद्यालय सम्म स्वच्छ पिउने पानी

फिल्टर मेशिनका साथ गाउँपालिका अध्यक्ष निरौला

खोटाङ, पुस २२ । खोटाङको रावाबेसी गाउँपालिकामा स्वच्छ पिउने पानीकोलागि फिल्टर प्लान्ट जडान गरिएको छ । गाउँपालिकाको ४ लाख लागतमा गाउँपालिकाको कार्यलयमा र प्रदेश सरकार सामाजिक विकास मन्त्रलायको ५\५ लाख लागतमा दुई वटा विद्यालयमा फिल्टर मेशिन जडान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले जानकारी दिनुभयो ।

गाउँपालिकाको कार्यलय हरमटारमा पानी शुद्धीकरण गर्ने उपकरण जडान गरेर तीन वटा धारा निर्माण गरिएको छ । उपकरण जडानसँगै गाउँपालिकामा आउने जोकोहिले शुद्द पानी पिउन थालेको उहाँले बताउनु भयो ।

यस्तै वडा नम्बर ६ हौँचुर स्थीत शारदा माध्यमिक विद्यालय र वडा नम्बर १ कुभिण्डे स्थीत रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा पनि पानी शुद्धीकरण गर्ने उपकरण जडान पश्चात विद्यार्थीले स्वच्छ पानी पिउन पाएको विद्यालयले जनाएका छन ।

गाउँपालिकामा जडान भएका उक्त उपकरणबाट पानी शुद्धीकरण गरेर जार तथा बोतलमा बिक्रि गर्ने योजना रहेको अध्यक्ष निरौलाले बताउनु भयो । पानी बिक्री गर्दै गाउँपालिकाको आयआर्जनमा अर्को एउटा इट्टा थपिने काम चाडै पुरा हुने गाउँपालिका अध्यक्ष निरौलाको भनाई छ ।

शारादा मा.वि.मा जडार गरिएको फिल्टर मेशिन
रत्न राज्यलक्ष्मी मा.वि.मा जडार गरिएको फिल्टर मेशिन