Thursday, April 16News That Matters

कोरोनाबाट प्रभावित पठनपाठन पुर्तालका लागि शिक्षकको हिउँदे बिदा ७ दिन कटौती


खोटाङ, पुस २२ । खोटाङको दिप्रुङचुइचुम्मा गाउँपालिकाले शिक्षकहरूको हिउँदे बिदा ७ दिन कटौती गरेको छ । कोभिड–१९ का कारण चालुु शैक्षिक सत्रमा विद्यालयहरू समयमा खुलाएर पठनपाठन सुचारु गर्न नसकिएकाले उक्त समय पुर्ताल गर्न बिदा कटौती गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जानकारी दिनुभयो ।

कोभिडका कारण शिक्षा क्षेत्रमा भएको अपूरणीय क्षतिलाई मध्यनजर गरेर शिक्षकहरूले नियामानुसार पाउने १५ दिने हिउँदे पुरै बिदा दिन नसकिएको उहाँको भनाइ छ । 

अत्यधिक चिसो बढेपछि बालबालिकालाई पठनपाठनमा असहजता पैदा भएको भन्दै गाउँपालिकाले आज एक सूचना जारी गरेर आजदेखि माघ १ गतेसम्म गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ ।

हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सूचना