Wednesday, September 16News That Matters

केपिलासगढीका २ सय ६० परिवारलाई न्यानो कम्बल

सांसद राजन राई कम्बल वितरण गर्दै

खोटाङ, पुस २२ । खोटाङको केपिलासगढी गाउँपालिकामा चिसोबाट जोगिन कम्बल बितरण गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३,४ र ५ का २ सय ६० घर परिवारलाई बुधबार न्यानो कम्बल बितरण गरिएको हो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवाइमा अमेरिकन संस्था होप एण्ड हेल्पीङ ह्याण्डले प्रदान गरेको भारतीय कम्बल (एस)का पोलिटव्युरो सदस्य एवं खोटाङ प्रदेश सभा ‘क’ का सांसद राजन राईले बितरण गर्नु भएको हो ।

गाउँपालिकाको अन्य वडा मध्ये १ र २ मा शुक्रबार, ६ र ७ नम्बर वडामा शनिबार बितरण गरिने नेकपा (एस) पार्टीका खोटाङ जिल्ला सह–सचिव माइतिराज राईले जानकारी दिनुभयो ।

चिसो मौसममा न्यानो कम्बल पाएका नागरिकले थोरै भएपनि राहत मिलेको बताएका छन ।