Thursday, April 16News That Matters

यी व्यक्तिले प्रायोजन गरे भञ्ज्याङ मेलामा आयोजित कार्यक्रमको पुरस्कार

दायाँबाट क्रमशः युवराज, प्रदीप, केदार, महेन्द्र र धनप्रसाद ।

खोटाङ, पुस २२ । खोटाङको वराहपोखरी गाउँपालिका–१, भञ्ज्याङमा माघे संक्रान्तिको अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिबल र सामूहिक मौलिक नृत्य प्रतियोगिताको पुरस्कारका लागि आर्थिक सहयोग जुटेको छ । जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ वराहपोखरी गाउँपालिकाले आयेजना गरेको प्रतियोगिताको पुरस्कार वराहपोखरी घर भई विभिन्न पेशामा आबद्ध व्यक्तिले प्रायोजन गरेका हुन् ।

भलिबलतर्फको प्रथम पुरस्कार नेकपा माओवादी केन्द्र वराहपोखरी गाउँपालिकाका अध्यक्ष युवराज थापा मगर, द्वितीय पुरस्कार गोर्खा सैनिक प्रदिप खपाङ्गी मगर र मगर संघ कुवेतका कोषाध्यक्ष केदार आले मगर तथा तृतीय पुरस्कार माओवादी केन्द्र वराहपोखरी–१ का अध्यक्ष तथा समाजसेवी महेन्द्र खपाङ्गी मगरले प्रायोजन गर्नुभएको छ । यस्तै मौलिक सामूहिक नृत्यतर्फको पुरस्कार समाजसेवी धनप्रसाद खपाङ्गी मगरले प्रायोजन गर्नुभएको छ ।

जनजागृति युवा क्लब खोटाङ र नेपाल मगर संघ खोटाङले आयोजना गरेको भलिबल प्रतियोगिता यही पुस २९ र ३० गते तथा सामुहिक नृत्य प्रतियोगिता माघ १ गते सञ्चालन हुनेछ । भलिबल प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले पुस २७ गतेभित्र टिम दर्ता गरिसक्नु पर्नेछ भने मौलिक सामूहिक नृत्यमा जातीय परम्परा झल्किने पोशाक अनिवार्य गरिएको आयोजकले जनाएको छ ।

भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद रु. २० हजार, १५ हजार र १० हजारको साथमा प्रमाणपत्र तथा मौलिक सामूहिक नृत्यमा नगद रु. ३ हजार, २ हजार ५ सय र २ हजारको साथमा प्रमाणपत्र पाउनेछन् ।

भञ्ज्याङमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा भव्य मेला लाग्दै आएको छ । मगर जातिले राष्ट्रिय पर्वको रूपमा मनाउँदै आएको यो वर्षको माघे संक्रान्तिको अवसरमा मेलाको मुख्य दिन माघ १ गते मगर जातिको मगर जातिको मौलिक नृत्य हुर्रासहितका विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने नेपाल मगर संघ खोटाङका सह–सचिव प्रकाश खपाङ्गी मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं १ का सांसद नारायणप्रसाद बुर्जा मगरको प्रमुख र नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज थापा मगरको विशेष आतिथ्यता रहने उहाँले बताउनुभयो ।