Thursday, April 16News That Matters

एमाले खोटाङ अधिवेशन : सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाइने

खोटाङ, पुस २१ । नेकपा एमालेको भूगोलतर्फका ७७ वटा जिल्लाको अधिवेशन पुस २३ गते हुँदैछ । अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रूपमा उद्घाटन गरेर सुरु हुने एमालेले जनाएको छ ।

एमालेको खोटाङ जिल्ला अधिवेशन सदरमुकाम दिक्तेल स्थीत माटिकोरे कभर्ड हलमा हुने तयारी छ । अधिवेशनकोलागि तयारी लगभग पुरा भएको जिल्ला अध्यक्ष राम प्रसाद दंगालले जानकारी दिनुभयो । जिल्ला भरीबाट करीब १ हजार प्रतिनिधि सहित १ हजार ५ सय बढी नेता कार्यकर्ता उपस्थित रहने अधिवेशनको मुख्य अतिथिको रुपमा पार्टीका पोलिटव्युरो सदस्य एवं संसदियदलका प्रमुख सचेतक विशाल भट्टराई जिल्ला आइसक्नु भएको छ ।

अन्य पार्टीबाट एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई समेत मिलाएर सर्वसम्मत नेतृत्वय चयन गर्दै पार्टीलाई एकढिक्का बनाउने तयारी रहेको अध्यक्ष दंगालले बताउनुभयो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुने र समावेशी जिल्ला कार्यसमिति निर्माण हुने उहाँको भनाई छ ।

जिल्लाका सकृय नेताहरुको सबल र सक्षम कार्यसमिति बनाएर आगामी सबै प्रकारको चुनाव जित्ने गरी लाग्ने उहाँले बताउनुभयो । अध्यक्ष दंगालले भन्नुभयो “यो देशमा एमाले सबै भन्दा बलियो पार्टी हो, अहिले बलियोका बिरुद्ध दुब्लाहरु मिलेर लागेका छन, त्यसैले हामी अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्दै पार्टीलाई एकढिक्का बनाएर दुब्लाहरुको मोर्चा बिरुद्धमा लाग्ने छौँ र जित्ने छौँ” ।

नेकपा एमालेको विधानअनुसार जिल्ला कमिटीमा अध्यक्ष १, उपाध्यक्ष १ सचिव १ र उपसचिव २ गरी पाँच सदस्यीय कमिटी बन्नेछ । त्यस्तै सदस्यहरूको सङ्ख्या न्यूनतम आधारमा ७५ जना र त्यसपछि संघीय निर्वाचन क्षेत्र एक बराबर १५ जनाले थपिँदै जानेछन् ।